होटल क्वारेन्टाइनको मापदण्ड निर्धारण

विराटनगर, १० भदौ । विश्वव्यापी महामारी कोरोना सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्किने नागरिकका लागि व्यवस्था गरिएका होटल ‘क्वारेन्टाइन’ सम्बन्धी मापदण्ड तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सबै होटललाई क्वारेन्टाइनका रूपमा व्यवस्था गर्न नसकिने जनाउँदै त्यसका लागि न्यूनतम मापदण्ड तोकेको हो । स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गरी कम्तीमा २० कोठा भएको हुनुपर्ने छ । त्यस्तै होटल परिसरमा छुट्टै गेट वा कम्पाउन्ड भएको, घुमफिर गर्न सक्ने बगैँचा वा खुला स्थान हुनुपर्ने छ ।

होटल क्वारेन्टाइनमा बसेकाहरूलाई खाना, खाजा र पानी लगायतका सुविधा, स्वाब सङ्कलनका लागि होटल परिसरमा खुला स्थान अनिवार्य हुनुपर्ने छ । होटलमा बाथरुम सहितको कोठा, इन्टरनेट, टीभी, नुहाउन २४सैँ घण्टा तातोपानी, कोठा तथा प्यासेजमा मात्र खाना, नास्ता लगायतका सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था, हात धुन साबुनपानी, सेनिटाइजर अनिवार्य गरिएको प्रशासकीय अधिकृत रमा घिमिरेले बताए ।

टाबेल, टुथपेस्ट, साबुन, स्याम्पु, ब्रस कम्तीमा हप्ता दिनसम्म पुग्ने गरी कोठाभित्र नै व्यवस्था गर्नुपर्ने छ । होटलमा रहेका जिम तथा शारीरिक व्यायाम, साउनालगायत भीडभाड हुने कुनै पनि सेवा सञ्चालन गर्न पाइने छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...