Rumpum Advertisement

नेकपा सचिवालय बैठक आह्वान

नेकपा सचिवालय बैठक आह्वान

विराटनगर, १० भदौ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाएका छन् ।

सचिवालय बैठक भदौ १३ गते शनिबार बस्ने भएको छ । प्रतिवेदनमाथि छलफलका लागि यही भदौ १३ गते सचिवालयको बैठक बोलाइएको हो ।
प्रधानमन्त्री निवासमा मङ्गलबार अध्यक्षद्वय ओली र दाहालले महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरेका छन् ।

कार्यदलले भदौ ६ गते अध्यक्षद्वय ओली र दाहाललाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । कार्यदलमा भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य थिए । ओली र दाहालले नेकपाभित्रको समस्या समाधानका लागि सुझाव दिन साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन गरेका थिए । प्रतिवेदन उपर स्थायी कमिटी बैठकमा छलफल हुने नेता सुवास नेम्बाङले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ