एन्डर्सनको ६०० विकेट पूरा

एजेन्सी, ९ भदौ । इंग्ल्याण्डका जेम्स एन्डर्सनले टेस्ट क्रिकेटमा ६०० विकेट पूरा गरेका छन् ।

मंगलबार पाकिस्तानविरुद्धको निर्णायक टेस्टको पाँचौँ दिनको खेलमा एक विकेट लिँदै एन्डर्सनले टेस्ट क्रिकेटमा ६००औं विकेट लिँदै कीर्तिमान बनाए ।

उनले पाकिस्तानका अजहर अलीलाई आउट गर्दै टेस्ट क्रिकेटमा ६०० विकेट पूरा गरेका हुन् । यससँगै एन्डर्सन टेस्ट क्रिकेटमा ६ सय विकेट पूरा गर्ने पहिलो फास्ट बलर बने ।

यस्तै टेस्टमा यो कोशेढुंगा पूरा गर्ने एन्डर्सन चौथो बलर हुन् ।

Loading...