उच्च अदालत विराटनगरका न्यायाधीशलाई कारोना संक्रमण

विराटनगर,९ भदौ । उच्च अदालत विराटनगरका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार उच्च अदालत विराटनगरका एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

केही दिन अघि न्यायाधीशको सवारी चाकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार कोशी अस्पतालको ल्याबमा पीसीआर जाँच गर्दा न्यायाधीशलाई संक्रमण पुष्टि भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबावु थपलियाले जानकारी दिए ।

संक्रमित न्यायाधीश होम आइसोलेनमा रहेका छन् ।

यस अघि मोरङ अदालतका एक जना न्यायाधीशलाई संक्रमण दिएको थियो ।

Loading...