मलाममा ७९ जना सहभागी, ७८ को रिपोर्ट नेगेटिभ आउँदा एक जनामा कोरोना संक्रमण

बर्दिया, ९ भदाै । बर्दियाको मधुवन नगरपालिकामा एक व्यक्तिको दाहसंस्कारपछि कोरोना रिपोर्ट पोजिटभ आएका कारण पिसीआर परीक्षण गरिएका ७८ मलामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

नगर प्रमुख गणेशबहादुर क्षेत्रीका अनुसार मधुवन –९ का कोरोना पोजेटिभ ७८ वर्षीय एक पुरुषको मृत्युपछि मलाम गएका ७९ जनाको परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

दाहसंस्कारपछि मृतकको सम्पर्कमा रहेका मलामी र स्थानीयवासीलाई क्वारेन्टिन तथा होम क्वारेन्टिनमा राखिएको थियो ।

यही १ भदौमा ७८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । रासस

Loading...