हाजार्ड र कोर्टुआ नेशन्स लिग खेल्ने बेल्जियमको टोलीमा

एजेन्सी, ९ भदौ । रियल मड्रिडका स्ट्राइकर इडेन हाजार्ड र गोलरक्षक थिबाओ कोर्टुआ यूईएफए नेशन्स लिग खेल्ने बेल्जियमको टोलीमा परेका छन् ।

बेल्जियमले नेशन्स लिगको सुरुआती दुई खेलका लागि २९ सदस्यीय टोली टोली घोषणा गरेको हो ।

बेल्जियमले ५ सेप्टेम्बरमा डेनमार्कसँग उसैको रंगशालामा खेल्दैछ भने त्यसको तीन दिनपछि आइसल्याण्डसँग आफ्नै मैदानमा खेल्नेछ ।

यस खेलका लागि बेल्जियमले रियलका दुई स्टार हाजार्ड र कोर्टुआलाई समावेश गरेको छ । रियल ३१ अगस्टबाट प्रशिक्षणमा फर्किँदैछ । हाजार्ड र कोर्टुआले रियलमा केही दिन प्रशिक्षण गर्नेछन् र स्वदेश फर्किनेछन् ।

हाजार्ड र कोर्टुआबाहेक म्यानचेस्टर सिटीका स्टार केभिन डी ब्रुने, बोरुसिया डर्टमुण्डका थोर्गान हाजार्ड र इन्टर मिलानका स्टार रोमेलु लुकाकु पनि राष्ट्रिय टोलीमा समावेश छन् ।

Loading...