सरकारले श्रमिकको समस्या समाधानमा लाग्नुपर्छ : नेता कोइराला

काठमाडाैं, ९ भदाै । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले श्रमिकको समस्या सरकारले समाधान गर्नुपर्ने बताएका छन् ।

नेपाल यातायात मजदूर संङले मंगलबार काठमाडाैंमा आयोजना गरेको ‘कोभिड–१९ ले नेपालको यातायात श्रमिकमा पारेको प्रभाव विषयक भर्चुअल अन्तर्क्रियायामा उनले कोभिड–१९ का कारण समस्यामा परेका श्रमिकको समस्या सरकारले पूरा गर्नुपर्ने बताएका हुन् ।

नेता डा कोइरालाले कोरोनाको कारण अरु क्षेत्रभन्दा यातायात मजदूर क्षेत्रमा ठूलो समस्या परेको बताए ।

Loading...