इंग्ल्याण्डको नेशन्स लिग खेल्ने टोली घोषणा

एजेन्सी, ९ भदौ । इंग्ल्यान्डले यूईएफए नेशन्स लिग खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।

मंगलबार मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले सुरुआती दुई खेलका लागि २४ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।

लिग ‘बी’ मा रहेको इंग्ल्याण्डले नेशन्स लिगअन्तर्गत ५ सेप्टम्बरमा आइसल्याण्डसँग र त्यसको तीन दिनपछि डेनमार्कसँग खेल्नेछ

Loading...