नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीले दिए सामुहिक राजिनामा

विराटनगर, ९ भदौ । विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन् । मंगलबार कलेजको इमरजेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले राजिनामा दिएका हुन ।

नोबेल मडिकल कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक पाएका छैनन् । कलेज प्रशासनले स्वास्थ्यकर्मीलाइ पर्याप्त सतकर्तका सामाग्री पनि उपलब्ध गराएकाे थिएन ।

स्वास्थ्यकर्मीले सुरक्षा समाग्री पाउनु पर्ने, समयमा नै पारिश्रमिक पाउनु पर्ने र काेराेना महामारीमा काम गर्दा प्राेत्साहन भत्ता पाउनु पर्ने माग गरेका थिए । तर व्यवस्थापनले अटेर गरेपछि सामुहिक राजिनामा दिएका हुन ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा पत्र बुझाएकाे जानकारी दिए । उनका अनुसार कर्मचारीले पाँच हजार पारिश्रमिक थप गर्नुपर्ने माग राखेका थिए । तर व्यवस्थापनले माग अनुसार दिन नसक्ने बताएको उनले जानकारी दिए ।

Loading...