नेशन्स लिग खेल्ने वेल्स टोली घोषणा, बेल समावेश

एजेन्सी, ९ भदौ । यूईएफए नेशन्स लिगका लागि वेल्सले टोलीको घोषणा गरेको छ । मंगलबार वेल्सले नेशन्स लिग खेल्ने २६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

वेल्सको फुटबल टोलीका मुख्य प्रशिक्षक रायन गिग्सले फिनल्याण्ड र बुल्गेिरयाविरुद्धको खेलका लागि टोलीको घोषणा गरेका हुन्, जसमा रियल मड्रिडका स्टार ग्यारेथ बेल पनि समावेश छन् ।

यस्तै लिभरपुलका डिफेन्डर निको विलियम्सले पहिलोपटक वेल्सको टोलीमा स्थान बनाएका छन । यसैगरी आरोन राम्से र मिडफिल्डर डेनियल जेम्स पनि टोलीमा छन् ।

लिग ‘बी’ मा रहेको वेल्सले पहिलो खेलमा ३ सेप्टेम्बरमा फिनल्याण्डसँग खेल्दैछ भने त्यसको तीन दिनपछि बुल्गेरियासँग घरेलु मैदानमा खेल्नेछ ।

Loading...