बोल्टको पार्टीमा सहभागी गेलको कोरोना रिपोर्ट नेगेटिभ

एजेन्सी, ९ भदौ । जमैकन धावक उसैन बोल्टको बर्थडे पार्टीमा सहभागी वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेलको कारोना भाइरस (कोभिड–१९) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

वर्ल्ड रेकर्डधारी बोल्टलाई कोरोना संक्रमण पुष्टि भएपछि परीक्षण गराएका उनको रिपोर्ट नेगेटिभ आएको हो ।

सोमबार राति सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै बोल्टले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका थिए । ट्वीटरमा एक भिडियो पोस्ट गर्दै उनले शनिबार गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको जनाएका थिए ।

त्यसअघि २१ अगस्टमा उनले जमैकामा आफ्नो ३४औं जन्मदिन एक भव्य पार्टी दिँदै मनाएका थिए । त्यहाँ गेलसहित म्यानचेस्टर सिटीका फुटबलर रहीम स्टर्लिङ, बायर लिभरकुसेनका लियोन बेले र अन्य स्टारहरूको समेत सहभागिता रहेको थियो ।

स्टर्लिङकाे पनि रिपोर्ट नेगेटिभ आइसकेकाे छ ।

कोरोना रिपोर्ट नेगेटिभ आएसँगै गेल अब इन्डियन प्रिमियर लिग (आईपीएल) टिम किंग्स इलाभेन पञ्जाबको अभ्यासमा समयमै पुग्नेछन् । आईपीएल आगामी १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म युएईमा हुँदैछ ।

Loading...