एथ्लेटिको मड्रिडले फेलिक्सविना प्रि–सिजन थाल्ने

एजेन्सी, ९ भदौ । स्पेनिस क्लब एथ्लेटिको मड्रिडले आफ्ना स्ट्राइकर जाओ फेलिक्सविना नै प्रि–सिजनको तयारी थाल्ने भएको छ ।

३ सेप्टेम्बरबाट प्रि–सिजनको तयारीमा जुट्न लागेको एथ्लेटिकोको टिममा पोर्चुगिज स्टार फेलिक्स नहुने भएका हुन् ।

२० वर्षीय फेलिक्स यूईएफए नेशन्स लिग खेल्ने पोर्चुगलको टोलीमा परेसँगै एथ्लेटिकोले उनीविना नै प्रि–सिजन थाल्ने भएको हो ।

साविकको विजेता पोर्चुगलले सोमबार उनलाई टोलीमा समावेश गर्दै नेशन्स लिग खेल्ने २५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

पोर्चुगलले आगामी ५ सेप्टेम्बरबाट नेशन्स लिगको सुरुआती गर्दैछ । उसले ५ सेप्टेम्बरमा क्रोएसियासँग खेल्दैछ भने त्यसको तीन दिनपछि स्वीडेनसँग खेल्नेछ ।

पोर्चुगलले यस खेलका लागि ७ फरवार्डलाई टोलीमा राख्दै टोलीको घोषणा गरेको हो । पोर्चुगलको टोलीमा परेपछि फेलिक्सले एथ्लेटिकोको प्रि–सिजनको तयारी गुमाउनेछन् ।

उनीसँगै सिमे भर्साल्को र इभो गर्बिकले प्रि–सिजनका खेल गुमाउनेछन् ।

Loading...