धरानमा हतियार देखाई आतंक मच्चाउने तीन जना पक्राउ

धरान, ९ भदौ । सुनसरीको धरानमा हतियार देखाई आतंक मच्चाउने तीन जना पक्राउ परेका छन् ।

सेउती खोलाको पुलमा हतियार देखाएर आतंक मञ्चाउने धरान उपमहानगरपालिका १५ बस्ने २९ वर्षीय सुजन राई, १९ वर्षीय सुसन राई र २३ वर्षीय मनिस भुजेल रहेका इलाका प्रहरी कार्यालय धरानले जनकारी गराएको छ ।

तीनै जनाले गत आइतबार धरान ८ बस्ने रोशन विश्वकर्मालाई कुटपिट गरेको र सोमबार बेलुका उपमहानगरको ८ नम्बर वडामा पुल नजिकै खुकुरी र चक्कु बोकी सार्वजनिक स्थलमा स्थानीयलाई आतंकित गराइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको इप्रका धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

Loading...