‘चिकित्सकविरुद्ध होइन कोरोनाविरुद्ध लडाैं’

काठमाडौं, ९ भदाै । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सकलाई निरुत्साहित नगर्न अपिल गरेका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा कुरा गर्दै अध्यक्ष कार्कीले चिकित्सकलाई छिछिः दुरदुर नगर्न अपिल गरेका हुन् ।

उहाँले जुनसुकै व्यक्ति संक्रमित हुन सक्ने बताउँदै अस्पतालमा उपचार गर्ने चिकित्सक नै हुन् भन्ने नबिर्सन आग्रह गरे ।

सामाजिक दुरी कायम राख्ने हो भने संक्रमणबाट जोगिन सक्ने बताउँदै उनले चिकित्सकविरुद्ध होइन कोभिड १९ विरुद्ध लड्न अपिल गरे ।

उनले बानेश्वरमा स्वास्थ्यकर्मी बसेको होस्टलमा भएको अवरोधप्रति चिन्ता व्यक्त गरे ।

Loading...