Rumpum

Rumpum Advertisement

पीएसजीको सिजनको पहिलो खेल स्थगित

पीएसजीको सिजनको पहिलो खेल स्थगित

एजेन्सी, ९ भदौ । फ्रान्सेली लिग वानको नयाँ सिजनअन्तर्गत साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) को पहिलो खेल स्थगित भएको छ ।

पीएसजीले आफ्नो खेल सार्न अनुरोध गरेपछि लिग अधिकारीले खेल स्थगित गरेको जनाइएको छ ।

२०२०–२१ को सिजनअन्तर्गत पहिलो खेलमा पीएसजीले यसै शनिबार लेन्ससँग खेल्ने तालिका रहेको थियो । तर, आइतबार राति मात्र च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले पहिलो खेल सार्न अनुरोध गरेको थियो ।

अनुरोधसँगै सो खेल १० सेप्टेम्बरका लागि सारिएको छ । यो खेल पीएसजीको मैदानमा हुनेछ ।

लिग वानको नयाँ सिजन अघिल्लो साताबाट नै सुरु भइसकेको छ ।