Rumpum

Rumpum Advertisement

नेपालमा कोरोना संक्रमणको परिस्थिति अझै नराम्रो हुनेछ : डब्लुएचओ

नेपालमा कोरोना संक्रमणको परिस्थिति अझै नराम्रो हुनेछ : डब्लुएचओ

विराटनगर ९ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोरोना भाइरस संक्रमणको परिस्थिति नराम्रो हुनसक्ने चेतावनी दिएको छ ।

नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयका प्रतिनिधि जोस भान डिलिएमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमसँगको अन्तर्वार्ताका क्रममा यस्तो चेतावनी दिएका हुन् ।

नेपालमा कोरोनाको संक्रमणको केसको संख्या बढेको जनाउँदै उनले यो सुरुआत मात्र भएको र अब संक्रमितको संख्या बढ्ने बताए ।

‘नेपालमा धेरैभन्दा धेरै केसहरू अहिले देखिएको छ । यो त सुरुआत मात्र हो, परिस्थिति अझ नराम्रो हुनेवाला छ । अब आगामी दिनमा वृद्धहरूमा पनि केसहरू देखिनेछन् । यसअघि आप्रवासी युवाहरूमा मात्र केसहरू देखिएका थिए,’ उनले भने ।

यसैगरी उनले नेपालमा कोरोनाबाट हुने मृत्युदर पनि बढिरहेको उल्लेख गरे । उनले भने, ‘हाल नेपालमा कोरोनाबाट मर्नेको दर पनि बढ्दो छ । बढी उमेरका मानिसमा संक्रमण हुँदा मर्नेको संख्या र दर बढी हुन्छ ।’