विराटनगरमा थपिए २६ संक्रमित, कुन वडामा कति ?

विराटनगर, ९ भदौ । विराटनगर महानगरपालिकामा मंगलबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० महिला र १६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय जनाएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार विराटनगरको वडा नंं १ मा तीन महिला र तीन पुरुष गरी छजना, वडा नं. २ मा तीन महिला र एक पुरुष गरी चारजना, वडा नं. ३ मा एक पुुरुष, वडा नं. ५ मा एक पुरुष, वडा नं. ६ मा एक महिला र दुई पुरुष गरी तीनजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, वडा नं. ७ मा तीन पुरुष, वडा नं. ८ मा एक महिला, वडा नं. ११ मा एक महिला र एक पुरुष गरी दुईजना, वडा नं. १२ मा १ महिला र ४ पुरुष गरी पाँचजनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ६ जनाकाे वडा खुलेकाे छैन ।

Loading...