Rumpum Advertisement

काठमाडौंमा मंगलबार थप २३२ संक्रमित भेटिए

काठमाडौंमा मंगलबार थप २३२ संक्रमित भेटिए

काठमाडौं, ९ भदौ । काठमाडौं उपत्यकामा आज थप २३२ जना नयाँ कोरोना संक्रमित थएिका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप २३२ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा १९९, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जना संक्रमित भएका छन् ।

यसअघि सोमबार काठमाडौंमा २२४ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये काठमाडौंमा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना नयाँ संक्रमित थपिएका थिए ।