विराटनगरमा २६ सहित प्रदेश थपिए १ सय ९ संक्रमित

विराटनगर, ९ भदौ । मंगलबार प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । २९ महिलासहित १०९ संक्रमित थपिएका हुन ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका मध्ये मोरङमा ४८ जना छन् । सुनसरीमा पनि ४८ झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना संक्रमित थपिएका हुन ।

विराटनगरमा २६ जना संक्रमित थपिएका छन् । जसमा १० महिला १६ पुरुष छन् । धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महिला ५ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, बुढीगंगामा २ पुरुष, रंगेलीमा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको दुहवीमा २ महिला १४ पुरुष, इटहरीमा ४ महिला ४ पुरुष, भोक्राहानरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, इनरुवाम १ महिला २ पुरुष, धरानमा ३ महिला, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

झापाको भद्रपुरमा १ महिला ३ पुरुष, कमलगाउँपालिकामा १ महिला १ पुरुष, दमक र गौरीगञ्जमा १–१ पुरुष, खोटाङको दिक्तेलामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ का कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ ।

प्रदेश १ मा आज ४९ डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ३३२ पुगेको छ ।

Loading...