कोरोना संक्रमितको संख्या साढे ३३ हजार बढी

कोरोना संक्रमितको संख्या साढे ३३ हजार बढी

विराटनगर, ९ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या साढे ३३ हजारभन्दा बढी पुगेकाे छ ।

मंगलबार थप ८५५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको ११ हजार ३२७ परीक्षणमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितकाे संख्या १४ हजार २५० रहेकाे छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ११९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।