Rumpum

Rumpum Advertisement

कोरोनामुक्त हुनेको संख्या १९ हजार ११९ पुग्यो

कोरोनामुक्त हुनेको संख्या १९ हजार ११९ पुग्यो

विराटनगर, ९ भदौ । मंगलबार थप ३१३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा थप ३१३ जना संक्रमणमुक्त भएको जानकारी दिएको हो ।

यससँगै कोरोनामुक्त हुनेको संख्या १९ हजार ११९ पुगेको छ ।

मंगलबार थप ८५५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।