वीपीका पदाधिकारीलाई मुख्यमन्त्री राईको निर्देशन : ‘पाँच सय बेड क्षमताको आइसोलेसन तत्काल बनाऊ’

विराटनगर, ९ भदौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानमा पाँच सय क्षमताको आइसोलेसन बेड तयार पार्न गर्न निर्देशन दिएका छन् ।

मंगलबार प्रतिष्ठानका पदाधिकारीलाई बोलाएर मुख्यमन्त्री राईले आइसोलेसन थप गर्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको बनाउन पदाधिकारीहरुलाई निर्देशन दिए ।

वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर मुख्यमन्त्री राईले कोभिड र अन्य बिरामीहरुलाई छुट्टाछुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिए ।

उनले प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेकाले बिरामीहरुको राम्रो उपचार गराउन र आएका बिरामीहरुलाई नफर्काउन निर्देशन दिए ।

तत्काल पीसीआर परीक्षणको दायरा बढाउन निर्देशन दिँदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निर्माण गर्न मुख्यमन्त्री राईले निर्देशन दिएका थिए ।

छलफलमा वीपीका पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए ।

Loading...