Rumpum

Rumpum Advertisement

महँगो जरिवानासहित जेलमुक्त हुँदै घर फर्किए रोनाल्डिन्हो

महँगो जरिवानासहित जेलमुक्त हुँदै घर फर्किए रोनाल्डिन्हो

एजेन्सी, ९ भदौ । जाली पासपोर्ट (राहदानी) प्रकरणमा पक्राउ परेका ब्राजिलियन लिजेन्ड रोनाल्डिन्हो पूर्ण रूपमा जेलमुक्त भएका छन् । बार्सिलोनाका पूर्वस्टारसमेत रोनाल्डिन्हो र उनका दाजु रोबर्टोलाई पाराग्वेले पूर्ण रूपमा जेलमुक्त गरेको हो ।

जाली पासपोर्ट बोकेका कारण जेल परेका रोनाल्डिन्हो र उनका दाइ रोबर्टो असिसविरुद्ध पाराग्वेको अदालत ६ महिनाको जेल सजाय सुनाएको थियो । तर, उनीहरू केही महिनाअघि बेल रकम तिर्दै जेलबाट छुटेका थिए ।

रोनाल्डिन्हो १.६ मिलियन डलर बेल रकम तिर्दै जेलमुक्त भएका थिए । उनीहरूले जेलमा ३२ दिन बिताएका थिए । तर, पाराग्वे अदालतका न्यायाधीस गुस्ताभो अमरिल्लाले उनीहरूलाई बेल रकममा छोड्नेगरी फैसला सुनाएका थिए ।

तर, अब अदालतले रोनाल्डिन्हो र उनका दाजुलाई जरिवाना र चेतावनीसहित जेलमुक्त गर्ने निर्णय गरेकाे हाो । यससँगै उनीहरू ब्राजिल फर्किएको जनाइएको छ ।

फिफा प्लेयर अफ दि इयर, बालोन डी‘ओरलगायतका आधादर्जन महत्त्वपूर्ण उपाधि जितेका रोनाल्डिन्होले अदालतको आदेशअनुसार पूर्ण रूपमा मुक्ति पाएका छन् ।

तथापि, रोनाल्डिन्होका दाजुलाई भने पाराग्वेमा अपराधिक गतिविधि गर्ने ब्यक्तिको रेकर्डमा नाम राखिएको छ ।

अदालतको आदेशअनुसार रोनाल्डिन्हो अब जुनसुकै देश घुम्न सक्नेछन् तर उनका दाजु रोवर्टो भने २ वर्षको प्रतिबन्धमा हुनेछन् ।