खोटाङमा झाडापखालाका बिरामीमा कोरोना संक्रमण पुष्टि

खोटाङ, ९ भदौ । खोटाङमा झाडापखालाका बिरामीमा कोरोनाको भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल खोटाङमा रेफर भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी १६ वर्षीया युवतीमा कोरोना पुष्टि भएको हो ।

पखाला र ज्वरोले सिकिस्त भएपछि उनलाई २ भदौमा जिल्ला अस्पताल भर्ना गरिएको थियो । अस्पतालको इमर्जेन्सी र जनरल वार्डमै राखिएकाले अन्यलाई तथा स्वास्थ्यकर्मीलाई समेत संक्रमणको जोखिम रहेको जिल्ला अस्पतालका डाक्टर शैलेश श्रेष्ठले बताए ।

स्वास्थ्यकर्मीहरूको स्वाब संकलन गरेर परीक्षणमा पठाइने डाक्टर श्रेष्ठको भनाइ छ । अस्पतालमा आकस्मिक र प्रसूतिबाहेक अन्य सेवा बन्द गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Loading...