Rumpum

Rumpum Advertisement

मौसमका कारण इंग्ल्याड र पाकिस्तानबीचको खेल प्रभावित

मौसमका कारण इंग्ल्याड र पाकिस्तानबीचको खेल प्रभावित

एजेन्सी, ९ भदौ । इंग्ल्याड र पाकिस्तानबीचको निर्णायक टेस्टको चौथौ दिनको खेल मौसमका कारण प्रभावित भएको छ ।

सोमबार दिउँसो वर्षाले खेल अवरुद्ध हुनअघि पाकिस्तानी टोली दुई विकेटको क्षतिमा १०० रन जोड्न सफल भएको थियो ।

पाकिस्तानका कप्तान २९ रन बनाएर अविजित रहेका छन् भने बबर आजमले ४ रन जोडेका छन् ।

मौसमले साथ दिएमा खेल जारी रहनेछ । तर आज पनि वर्षा हुने पूर्वानुमान त्यहाँको मौसम विभागले गरेको छ ।

इंग्ल्याण्डका जेम्स एन्डर्सनले भने अब एक विकेट लिएमा आफ्नो करिअरको ६०० औँ विकेट लिएको कीर्तिमान बनाउने छन् । तीन खेलको सिरिजमा इंग्ल्यान्ड १–० ले अघि रहेको छ ।