Rumpum

Rumpum Advertisement

जुम्लामा चट्याङ लागेर सयौं भेडा मरे

जुम्लामा चट्याङ लागेर सयौं भेडा मरे

जुम्ला, ९ भदौ । जुम्लामा चट्याङ लागेर सयौं भेडा मरेका छन् । सोमबार लागेको चट्याङमा परी पातारासी गाउँपालिकाको पाटनमा अनुमानित ५ देखि ६ सयसम्म भेडा मरेको अनुमान गरिएको छ ।

पातारासी गाउँपालिका ४ का वडाध्यक्ष कालीबहादुर रावतले वडा नं. ५–६ जना किसानका सयौं भेडा मरेको बताए । ‘यकिन कति मरे कति बराबरको क्षति भयो भन्ने विवरण आउन बाँकी छ । घटनास्थलतर्फ किसानहरू गइरहेका छन् । क्षतिको पूरा विवरण भने केही समयमा आउने छ ।’

पातारासीको बाग जाले सामुदायिक वनअन्तगर्तको (ढाणखर्क मासिमसेरा) भन्ने पाटमा चट्याङ परेपछि सयौँको संख्यामा भेडा परेका हुन् । स्थानीय विष्णु बुढा, जयबहादुर बोहरा लगायत किसानका भेडा परेका हुन् ।

चरण क्षेत्रमा परेको चट्याङले पातारासी गाउँपालिकाका भेडा पालक किसानको पुर्खौली पेशानै बन्द हुनेगरी बज्रपात पारेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले बताए ।

पातारासी क्षेत्रका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडा पालन हो ।