Rumpum

Rumpum Advertisement

पहिरोले घर पुरिँदा मृत्यु

पहिरोले घर पुरिँदा मृत्यु

बागलुुङ, ९ भदौ । अविरल वर्षाका कारण पहिरोले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका­९ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारकी १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

घरमा सुतिरहेका अवस्थामा घरमाथिबाट आज बिहान १ बजे खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको रेग्मीको भनाइ छ । प्रकाश परियारका दुई घर रहेकामा एक घरमा परिवारका अन्य सदस्य सुतेको र पूजा अर्को घरमा सुतेका अवस्थामा पहिराले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्यलाई केही नभएको हो । पहिरोका कारण घर पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।