Rumpum

Rumpum Advertisement

लागूऔषधसहित तीन पक्राउ

लागूऔषधसहित तीन  पक्राउ

विराटनगर, ९ भदौ । मोटरसाइकलमा लागूऔषध लिएर हिँडिरहेको अवस्थामा प्रहरीले मोरङको केराबारीबाट सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ ।

केराबारी गाउँपालिका–५ का २२ वर्षीय रुपेश राई, सुनसरीको धरान–८ की ३० वर्षीया अभियान राई र २० वर्षीय उत्सव लिम्बूलाई पक्राउ गरेकाे हाे ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार कोे१०प ७६९३ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुलाई मुगु खोला छेउबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुको साथबाट डाइजेल्याप ९५, एभिल ९४ र लुपिजेसिक ९७ गरेर दुई सय ८६ एम्पुल लागूऔषध बरामद भएको छ ।

तीनै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।