भोजपुर प्रवेश गर्ने सम्पूर्ण नाका शील

विराटनगर, ९ भदौ । आजदेखि भोजपुर प्रवेश गर्ने सम्पूर्ण नाका १५ दिनका लागि शील गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सोमबार बसेको सरोकारवालाहरुको बैठकले भोजपुर प्रवेश गर्ने सम्पूर्ण नाका १५ दिन शील गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

सरोकारवालाहरुको बैठकले साना तथा ठूला होटल बन्द गर्ने र जिल्ला प्रवेश गर्ने सबै सवारीसाधनलाई निर्मलीकरण गर्ने निर्णयसमेत गरेको छ ।

अरुण गाउँपालिकामा रहेको होल्डिङ सेन्टर व्यवस्थापन गर्न धनकुटा र भोजपुरको सिमाना लेगुवाघाटमा रहेको हेल्प डेक्स सञ्चालनलाई निरन्तरता दिन ४४ लाख रकम संकलन गर्ने बैठकले निर्णय गरेको छ ।

Loading...