Rumpum Advertisement

‘सुन न पियारी’ सार्वजनिक (भिडियोसहित)

‘सुन न पियारी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ, ९ भदौ । संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको ‘सुन न पियारी’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीतसमेत वसन्त सापकोटाकै सुन्न सकिन्छ । मोडेल सृष्टि खड्का, सुधीर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेको भिडियोलाई रमाइलो तरिकाले बनाइएको छ ।

भिडियोलाई निर्देशन तथा सम्पादन भने निशान कश्यपले गरेका हुन् । सफल सम्पादक निसान पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त छन् । यस्तै भिडियोलाई उत्सव दाहालको छायांकन र अनिता ग्वाच्चाको मेकअप देख्न सकिन्छ ।