Rumpum Advertisement

पर्सामा थप एक संक्रमितको मृत्यु

पर्सामा थप एक संक्रमितको मृत्यु

विराटनगर, ९ भदौ । पर्सामा कोरोना भाइरस संक्रमणका कारण थप एक जना पुरुषको मृत्यु भएको छ ।

पर्साको जिराभवानी गाउँपालिका ४ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा नारायणी कोभिड अस्पताल गण्डकमा मृत्यु भएको हो । मृतकमा मुटु सम्बन्धी पुरानै समस्या रहेको थियो । निमोनिया र खोकी थपिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

आइतबारराति मृत्यु भएका पुरुषको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । मृतकको कुनै ट्राभल हिस्ट्री नभेटिएको प्रशासनले जनाएको छ ।

हालसम्म पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।