Rumpum

Rumpum Advertisement

आयल निगमका नौ कर्मचारीमा कोरोना संक्रमण

आयल निगमका नौ कर्मचारीमा कोरोना संक्रमण

विराटनगर, ९ भदौ । नेपाल आयल निगमका नौ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई नम्बर प्रादेशिक डिपो अमलेखगञ्ज र त्यस मातहतको वीरगञ्ज कार्यालयका कर्मचारीमा सोमबार कोरोना पुष्टि भएको हो । अमलेखगञ्ज डिपोमा कार्यरत छ जना र वीरगञ्ज कार्यालयका तीन जना कर्मचारीमा संक्रमण देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार कर्मचारी संक्रमित भएपछि अमलेखगञ्ज डिपो र वीरगञ्ज कार्यालय तीन दिनका लागि बन्द गरिएको छ। संक्रमित कर्मचारीलाई आइसोलेसनमा राखिएको छ । उनीहरुको सम्पर्कमा रहेका अरु कर्मचारीको स्वाबको पीसीआर परीक्षणको तयारी भइरहेको उपाध्यायको भनाइ छ ।