आइसोलेसनमा महिलाको मृत्यु

विराटनगर, ९ भदौ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ मा रहेको आइसोलेसनमा एक ३५ वर्षीया महिलाको सोमबारराति मृत्यु भएको छ ।

दुवै मृगौलाले काम गर्न छाडेकी महिला केही दिनअघि भारतबाट आएकी हुन् । भारतमा उपचारका लागि लगिए पनि उपचार सम्भव नभएपछि उनलाई नेपाल फर्काएर आइसोलेसनमा राखिएको थियो ।

भारतसँगै गएका श्रीमान र छोरामा कोरोना देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो । मृतक महिलाको स्वाब परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ ।

Loading...