विराटनगरमा पाँच सय काेराेना संक्रमित घरमै

विराटनगर, ९ भदौ । समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे विराटनगरमा पाँच सयजना कोरोना संक्रमित घरमै बसेका छन् ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाको पछिल्लो रिपोर्टअनुसार पाँच सय संक्रमित घरमै बसेका हुन् ।

विराटनगर महानगरपालिकाको तथ्याङकअनुसार मंगलबार विहानसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या ८३१ छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्याङकअनुसार विराटनगरमा संक्रमितको संख्या ८७२ छन् ।

पाँच सय भन्दा बढी संक्रमित घरमै रहेपनि महानगरपालिकाको तथ्याङकमा पाँच सयजना मात्र रहेकाे उल्लेख छ ।

घरमा बसेकाहरुलाई विराटनगर महानगरपालिकाले प्रभावकारी समन्वय गर्न सकेको छैन् । समन्वय नहुँदा समुदायमा संक्रमण फैलने जोखिम बढेको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार होम आइसोलेसनमा बस्ने पुरुषभन्दा महिला बढी छन् । ३०५ जना महिला र १९५ जना संक्रमित पुरुष होम आइसोलेसनमा छन् । तीमध्ये अधिकांस आइसोलेसन बेड नहुँदा होम आइसोलेसनमा बसेका हुन् ।

विराटनगर महानगरपालिकाले तीनवटा होल्डीङ आइसोलेसन बनाएको छ । तीन स्थानमा ८७ जना बसिरहेका छन् । मारबाडी सेवा सदनमा ३०, काली सेवा सदनमा ४० र स्वास्थ्य चौकी बैजनाथपुरमा १७ जना बसिरहेका छन् । विराटनगरमा हाेटल आइसोलेसन पनि सञ्चालनमा छ ।

महानगरपालिकामा सोमबारसम्म २०९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

Loading...