हङकङमा दोहोरियो संक्रमण

विराटनगर, ९ भदौ । हङकङमा कोरोना भाइरसको संक्रमण परािजत गरेर घर फर्किएका एक जनामा पुनः संक्रमण दोहोरिएको छ ।

३० वर्ष पेरिफेरिका पुरुषमा दोस्रो पटक संक्रमण देखिएको हो । पहिलो संक्रमण निको भएको लगभग साढे चार महिनापछि ती पुरुषमा कोरोना दोहोरिएको वैज्ञानिकहरुले बताएका छन् । यसरी संक्रमण दोहोरिन निक्कै दुर्लभ हुने उनीहरुको तर्क छ ।

यसरी संक्रमण दोहोरिएको प्रमाणित भएको पहिलो घटना रहेको वैज्ञानिकहरुको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक व्यक्तिमा पुनः संक्रमण देखिएको घटनाबाटै कुनै निष्कर्षमा नपुग्न भनेको छ। विज्ञहरुले दोहोरिएर हुने संक्रमण अति दुलर्भ रहेको तथा दोस्रोपटक हुने संक्रमण त्यति गम्भीर नहुने पनि बताएका छन्।

संक्रमित व्यक्तिको शरीरमा भाइरसविरुद्ध लड्नका लागि प्रतिरक्षा प्रणाली विकास हुन्छ र त्यसले पुनः संक्रमण हुनबाट पनि रोक्छ। तर अति दुलर्भ अवस्थामा मात्रै पुनः संक्रमण हुने विज्ञहरुको भनाइ छ ।

संक्रमणबाट गम्भीर बिरामी परेका व्यक्तिमा सबैभन्दा बलियो प्रतिरक्षा प्रणालीको विकास भएको पाइएको छ। तर सो प्रतिरक्षा प्रणाली कति बलियो र अहिलेसम्म प्रभावकारी रहन्छ भन्ने स्पष्ट भएको छैन।

सो कुरा थाहा पाउनका लागि कोरोना भाइरसबाट संक्रमित भइ निको भएका व्यक्तिहरुमा बिस्तारित अध्ययनको खाँचो रहेको डब्लुएचओले जनाएको छ ।

Loading...