लिभरपुल र साल्जबर्ग भिड्दै

एजेन्सी, ९ भदौ । क्लब मैत्रीपूर्ण खेलअन्तर्गत आज इंग्लिस क्लब लिभरपुलले अष्ट्रियन क्लब रेडबुल साल्जबर्गसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार राति ७ः ४५ बजेबाट सुरु हुनेछ ।

अष्ट्रियाको टीबीसी टेक्समा हुने यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।

प्रिमियर लिग विजेता लिभरपुलले एफए कपको फाइनल खेलको तयारीका रूपमा यस खेललाई हेरेको छ । एफए कपको फाइनलमा लिभरपुलले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल आगामी शनिबार वेम्ब्ली स्टेडियममा हुनेछ ।

यता, साल्जबर्गले पनि यस खेललाई अष्ट्रियन कपको तयारीका रूपमा हेरेको छ । साल्जबर्गले ब्रेगेन्जविरुद्ध खेल्दै आगामी शनिबारबाट नै अष्ट्रियन कप थाल्दैछ ।

Loading...