Rumpum

Rumpum Advertisement

महाराष्ट्रको पाँच तले भवन भत्कियो, ६० जनाको उद्धार

महाराष्ट्रको पाँच तले भवन भत्कियो, ६० जनाको उद्धार

विराटनगर, ९ भदौ । भारत महाराष्ट्रको रायगढ जिल्लाको महाडमा रहेको पाँच तले भवन भत्किएर अप्ठेरोमा परेका ६० जनाको उद्धार गरिएको छ ।

सोमबार बेलुका सात बजेतिर भवन भत्कँदा अहिले पनि ३० जनाभन्दा बढी फसेको समाचार संस्था एएनआईले जनाएको छ । ४७ वटा फ्ल्याट रहेको भवन भत्किएर घटनामा एक जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार दक्षिण मुम्बईबाट १८० किलोमिटर दूरीमा रहेको महाड शहरको सो भवन एक दशक पुरानो हो ।

भवन हल्लिन थालेपछि भवनभित्र रहेकाहरु बाहिर निस्किएका थिए । मुख्यमन्त्री उद्धव ठाकरेले स्थानीय विधायकसँग छलफल गर्दै उद्धार तथा राहतका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।