Rumpum

Rumpum Advertisement

नेशन्स लिग खेल्ने पोर्चुगलको टोली घोषणा

नेशन्स लिग खेल्ने पोर्चुगलको टोली घोषणा

एजेन्सी, ९ भदौ । यूईएफए नेशन्स लिग खेल्ने पोर्चुगलको टोली घोषणा भएको छ । साविकको विजेता पोर्चुगलले सोमबार नेशन्स लिगका लागि २५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

kheladi

पोर्चुगलले आगामी ५ सेप्टेम्बरबाट नेशन्स लिगको सुरुआती गर्दैछ । उसले ५ सेप्टेम्बरमा क्रोएसियासँग खेल्दैछ भने त्यसको तीन दिनपछि स्वीडेनसँग खेल्नेछ ।

यसै खेलका लागि पोर्चुगलले ७ फरवार्डलाई टोलीमा राख्दै टोलीको घोषणा गरेको हो ।

यस्तो छ पोर्चुगलको टोली :
गोलकिपर : एन्थोनी लोपेज, रुइ सिल्भा र रुइ पाट्रिसियो
डिफेन्डर : जाओ क्यान्सेलो, नेल्सन सेमेडो, डोमिन्गोस डुआर्टे, जोसे फोन्टे, पेपे, रुबेन डियाज, मारियो रुइ, राफेल गुइर्रेइरो
मिडफिल्डर : डेनिलो पेरेइरा, रुबेन नेभेस, आन्द्रे गोमेज, ब्रुनो फर्नान्डेस, जोओ माउन्टिन्हो, रेनाटो सान्चेस र सर्जियो ओलिभेरा
फरवार्ड : क्रिस्टियानो रोनाल्डो, बर्नान्डो सिल्भा, आन्द्रे सिल्भा, डिएगो जोटा, जाओ फेलिक्स, गोन्कालो गुइडेस र टिन्काओ