Rumpum

Rumpum Advertisement

नेकपा विवाद, प्रतिवेदनले सकारात्मक सन्देश

नेकपा विवाद, प्रतिवेदनले सकारात्मक सन्देश

विराटनगर, ९ भदौ । सत्तारुढ नेकपा भित्रको विवाद समाधान गर्न बनाइएको कार्यदलले दिएको सुझावबाट पार्टीमा सकारात्मक सन्देश गएको उच्च तहमा विश्लेषण गरिएको छ । ने

कपा पार्टीमा नेतृत्व, सङ्गठन, सरकार, सिद्धान्त र विचारलाई लिएर विगत दुई महिनादेखि विवाद चलिरहेको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा गठित कार्यदलले दिएको सुझावका आधारमा विवादको निकास निस्कने विश्वास नेताहरुले व्यक्त गरेका छन् ।

पार्टीका प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले निकासका निम्ति अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदलका कारण सबैतिर सकारात्मक सन्देश गएको बताए । यसले निकास निस्कनेमा सबै आशावादी भएको धारणा व्यक्त गर्दै उनले बाँकी विषयमा भने पार्टीका आगामी बैठक कुर्नुपर्ने बताए ।

कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई अध्यक्षद्वयले अध्ययन गरिरहेका छन् । अध्ययनपछि बस्ने बैठकले त्यसबारे आधिकारिक धारणा ल्याउने पार्टी संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

पार्टीमा निकास दिन पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डले कार्यदल बनाउने निर्णय गर्नु नै आफैँमा सकारात्मक भएको भन्दै उनले अध्यक्षद्वयले निकास दिन जिम्मेवारीपूर्वक लाग्नुथियो र यसले पार्टीमा सकारात्मक सन्देश दिएको बताए ।

प्रतिवेदन अध्ययनपछि पुनः दुवै अध्यक्ष बसेर छलफल गरी त्यसलाई सचिवालय बैठकमा प्रस्तुत गर्नुहुन्छ । सचिवालयमा छलफल भएपछि जारी स्थायी कमिटीको बैठकमा प्रतिवेदन प्रस्तुत हुन्छ । सुझावमाथि छलफल हुनेछ र अन्तिम निर्णय हुने छ ।

पार्टी विवाद समाधान गर्न गत साउन ३० गते पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलमा स्थायी कमिटीका सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ