अमेरिकामा संक्रमित ६० लाख नजिक

विराटनगर, ९ भदौ । विश्वमा कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म संक्रमित संख्या ६० लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४० हजार एक सय २३ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५९ लाख १४ हजार दुई सय २६ पुगेको हो । अमेरिकामा हालसम्म कोरोनका कारण एक लाख ८१ हजार ८९ जनाले ज्यान गुमाइसकेका छन् ।

३२ लाख ११ हजार चार सय ६८ संक्रमित उपचारपछि निको भएका छन् । २५ लाख २१ हजार सात सय १२ जना उपचाररत रहेकोमा १६ हजार सात सय २८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा ३६ लाख २७ हजार दुई सय १७ जनामा संक्रमण पुष्टि भएको छ । एक लाख १५ हजार चार सय ५१ जनाको मृत्यु भएको छ ।

२७ लाख ७८ हजार सात सय नौ जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । सात लाख ३३ हजार ५७ जना उपचाररत छन् ।

भारतमा एकै दिन ५९ हजार छ सय ९६ नयाँ बिरामी थपिएसँगै कोरोना संक्रमितको संख्या ३१ लाख ६४ हजार आठ सय ८१ पुगेको छ । ५८ हजार पाँच सय ४६ जनाको मृत्यु भइसकेको छ ।

२४ लाख तीन हजार एक सय एक जना उपचारपछि निको भएका छन् । सात लाख तीन हजार दुई सय ३४ जना उपचार गराइरहेकोमा आठ हजार नौ सय ४४ को अवस्था गम्भीर छ ।

रसियामा संक्रमित संख्या नौ लाख ६१ हजार चार सय ९३ पुगेको छ । १६ हजार चार सय ४८ जनाको मृत्यु भइसकेको छ । सात लाख ७३ हजार ९५ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७१ हजार नौ सय ५० जना उपचाररत छन् ।

विभिन्न मुलुकमा कोरोना भाइरस संक्रमण फैलने क्रम जारी रहँदा विश्वमा संक्रमितको संख्या दुई करोड ३७ लाख ९९ हजार पाँच सय ७० पुगेको वाल्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख १० हजार तीन सय २६ जना नयाँ संक्रमित थपिएका छन् ।

आठ लाख १६ हजार पाँच सय तीन जनाको मृत्यु भएको छ । संक्रमणका कारण एकै दिन चार हजार दुई सय ९४ जनाले ज्याम गुमाए । एक करोड ६३ लाख ४२ हजार एक सय जना उपचारपछि कोरोना पराजित गरेर डिस्चार्ज भएका छन् । ६६ लाख ४० हजार नौ सय ६७ जना उपचाररत रहेकोमा ६१ हजार आठ सय ७८ जनाको अवस्था चिन्ताजनक छ ।

Loading...