Rumpum

Rumpum Advertisement

बीपीमा विराटनगरकी संक्रमित महिलाले जन्माइन छोरी

बीपीमा विराटनगरकी संक्रमित महिलाले जन्माइन छोरी

विराटनगर, ८ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित महिलाले छोरी जन्माएकी छन् । विराटनगरकी २० वर्षिय महिलाले साेमबार छोरी जन्माएकी हुन ।

विराटनगर– २ घर भएकी महिलालाई ३ भदौंमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।

सोमबार छोरी जन्माएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटले जानकारी दिए ।

उनका अनुसार आमा र छोरी दुबैको अवस्था सामान्य छ । छोरीको तौल २ किलो ८सय ग्राम छ ।

प्रतिष्ठानका चिकित्सक डाक्टर सुर्यप्रसाद रिमालको टोलीले नर्मल डेलिभरी गरराएको थियो ।

प्रदेश १ मा कोरोना संक्रमित महिलाले सन्तान जन्माएको यो पहिलो घटना हो ।