गाउँपालिकाले भन्यो : ‘ पीसीआर जाँच गर्दा शुल्क लिएकाे छैन् ’

विराटनगर, ८ भदौ । आरती स्ट्रिप्स प्रालिका मजदुरको पीसीआर जाँच गर्दा रकम शुल्क लिएकाे आरोप लागेपछि बुढीगंगा गाउँपालिकाले काेराेना जाँच गर्दा कसैसँग शुल्क नलिएकाे दाबी गरेको छ ।

विज्ञप्ती जारी गर्दै गाउँपालिकाले पीसीआर जाँच गर्दा कोहीसँग अतिरिक्त शुल्क नलिएको दाबि गरेको हो ।

बुढिगंगा १ स्थित आरती स्ट्रिप्स प्रालिमा कार्यरत ३०० मजदुरको कोरोना परीक्षणमा जनही ५ हजार ५०० रुपैयाँ संकलन गरेको आरोप लागेपछि गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले विज्ञप्ति जारी गर्दै आरोप निराधार भएको बताए ।

कोरोना जाँचका लागि आरती स्ट्रिप्सलाई पिपिई, भिटिएम र सोडियम हाइपोक्लोराईड व्यवस्था गर्न लगाएर ३०० जनाको परीक्षण गरेको गाउँपालिकाले जनाएको छ । आरती स्ट्रिप्स प्रालीले पनि कोरोना जाँच गराउँदा शुल्क नतिरेको बताएको छ ।

गाउँपालिकाले शुल्क असुल गरेकाे गुनासाे आएपछि प्रदेश एक सामाजिक विकास मन्त्री जीवन घिमिरेले अनुसन्धान गर्न माेरङका प्रमुख जिल्ला अधिकारी काेषहरि निराैलालाइ निर्देशन दिएका छन ।

Loading...