Rumpum Advertisement

विराटनगरमा थप १८ जनाले जिते कोरोना

विराटनगरमा थप १८ जनाले जिते कोरोना

विराटनगर ८ भदौ । विराटनगरमा थप १८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । विराटनगर महानगरले बनाएको होल्डिङ आइसोलेशनमा बसेका १८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन ।

विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ जना र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्केका हुन् ।

सोमबार उनीहरुलाई सम्मान सहित बिदाई गरिएको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुली ,वडा नं। १ का वडाध्यक्ष तथा महानगर कार्यपालिकाका प्रबक्ता उद्धव अर्याल ,वडा नं ८ का वडाध्यक्ष निश्चल अर्याल,वडा नंं १९ का वडाध्यक्ष बद्री नारायण सरदार,विराटनगर महानगरका स्वास्थ्य महासाखा प्रमुख रमेश कार्की लगायतले बिदार्इ गरेका हुन । ।

उनीहरुलाई सरकारले बनाएको स्वास्थ्य प्रोटोकल पालना गरी बस्न र काम गर्न आग्रह गरिएको छ ।