निगुरो खोज्न गएका पुरुष मृत भेटिए

विराटनगर, ८ भदौ । मोरङमा निगुरो खोज्न हिडेका एक पुरुष मृत भेटिएका छन् ।

कानेपोखरी गाउँपालिका–४ का ५५ वर्षीय बाबुराम पराजुलीको खोलाको दहमा मृत भेटिएका हुन ।

पराजुलीको शव राते खोलाको दहमा डुबेर मृत्यु भएको अवस्था सोमबार दिउँसो भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । उनी निगुरो टिप्नका लागि कानेपोखरी जंगलतर्फ गएका थिए ।

खोलामा डुबेर मृत्यु भएको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएको डीएसपी गिरीको भनाइ छ ।

घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा स्थानीय बासिन्दाले शव बाहिर निकालिसकेका कारण पनि घटनालाई शंकास्पद मानिएको गिरीले बताए ।

स्थानीय बासिन्दाले दहमा टाउको पट्टीको भाग डुबेको र खुट्टा पानीभन्दा बाहिरै रहेको अवस्थामा शव भेटिएको जानकारी प्रहरीलाई दिएका छन् । प्रहरीले शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल पठाएको छ ।

Loading...