धरानमा २२ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

विराटनगर, ८ भदौ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहा लहान घर भएका २२ वर्षीय कोरोना संक्रमित युवकको सोमबार दिउँसो मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएका युवकमा आइतबार कोरोना पोजेटिभ देखिएको थियो ।

आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार दिउँसो ३ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

मुटु रोगको समस्या भएका युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रतिष्ठानले जनाएको छ । मृतक युवक २ भदौंमा विपीको आईसीयूमा भर्ना भएका थिए ।

Loading...