Rumpum

Rumpum Advertisement

काठमाडौंमा सोमबार २२४ संक्रमित भेटिए

काठमाडौंमा सोमबार २२४ संक्रमित भेटिए

काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकामा आज थप २२४ जना नयाँ कोरोना संक्रमित थएिका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप २२४ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा १७७, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना संक्रमित भएका छन् ।

हिजाे काठमाडौंमा १ सय २६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना संक्रमित भएका थिए ।

यस्तै शनिबार काठमाडौंमा २१६ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये काठमाडौंमा सय जना, ललितपुरमा ६ जना र भक्तपुरमा ५० जना नयाँ संक्रमित थपिएका थिए ।