आज थप ८ जनाको कोरोनाबाट ज्यान गयो

विराटनगर, ८ भदौ । नेपालमा सोमबार थप ८ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप आठ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सुनसरीका ६८ वर्षीय पुरुष, माेरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडाैंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५४ र ५ं३ वर्षीय पुरुषहरूकाे काेराेनाबाट ज्यान गएकाे जानकारी दिए ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

सोमबार २४६ महिला र ४९७ पुरुष गरी थप ७४३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या ३२ हजार ६७८ पुगेकाे छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १८ हजार ८ सय पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...