आज ७४३ नयाँ संक्रमित थपिए

विराटनगर, ८ भदौ । सोमबार थप ७४३ जना कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा २४६ महिला र ४९७ पुरुष गरी थप ७४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार २३४ परीक्षणमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १८ हजार ८ सय पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाकाे मृत्यु भएसँगै संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १५७ पुगेकाे छ ।

Loading...