Rumpum

Rumpum Advertisement

आज थप १७५ जनाले जिते कोरोना

आज थप १७५ जनाले जिते कोरोना

विराटनगर, ८ भदौ । सोमबार नेपालमा थप १७५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप १७५ जनाले कोरोना जितेर डिस्चार्ज भएको जनाएको हो ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या १८ हजार ८ सय पुगेको छ । कुल संक्रमितमध्ये ५८ प्रतिशतले कोरोना जितेका हुन् ।

सोमबार २४६ महिला र ४९७ पुरुष गरी थप ७४३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या ३२ हजार ६७८ पुगेकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाकाे मृत्यु भएसँगै संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १५७ पुगेकाे छ ।