विराटनगरमा २३ सहित प्रदेशमा ६४ संक्रमित थपिए, दुई जनाको मृत्यु

विराटनगर, ८ भदौ । विराटनगर महानगरपालिकामा २३ सहित प्रदेश १ मा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २४ महिला र ४० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लाे २४ घण्टामा दुई जनाको मृत्यु भएकाे छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

विराटनगरमा १० महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको बाह्रदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । याे सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ ।

दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको छ । धरानमा प्लाज्मा थेरापी गरिएका संक्रमितकाे आइतबार बेलुका र विराटनगर ८ का पुरूषकाे आइतबार राति मृत्यु भएकाे हाे ।

प्रदेश १ मा मृत्यु हुनेको संख्या १७ पुगेको छ । विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट आज १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबमट १२ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनको संख्या १ हजार २ सय ८० पुगेको छ ।

Loading...